नियम १६ख
बैठक भत्ता
(१) समितिका सदस्यहरु तथा समितिको बैठकमा आमन्त्रित विशेषज्ञले
प्रत्येक बैठकमा भाग लिए बापत नेपाल सरकारबाट निर्धारण भए बमोजिमको बैठक
भत्ता पाउनेछन् ।
(२) नियम १७ को उपनियम (३) बमोजिम गठित उप–समितिका सदस्यहरुले
प्रत्येक बैठकमा भाग लिए बापत समितिका सदस्यहरुले पाए सरहको बैठक भत्ता
पाउनेछन् ।